२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल सकिन एक वर्ष १० महिना बाँकी रहेको बताएका छन् ।
हिजो (शनिबार) क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘मलाइ मन नपराउनेहरुका लागि म खुशीको खबर छ, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ,’ उनले भने, ‘त्योभन्दा पनि अलि हप्तादिन अगाडि नै छोड्छु भनेको छु मैले । बढी खाउँ भन्ने होइन कि बरु समयमै हस्तान्तरण गरौँ भन्ने छ ।’
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल सकिनुभन्दा हप्ता दिनअघि नै पद छाड्ने पनि बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij