२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनले कांग्रेस वयोवृद्ध नेताहरूले असन्तुष्टि जनाएका छन् । गगनको ‘चुनावी गठबन्धन’ र विश्वप्रकाशको ‘एक्जिट पोलिसी’ प्रतिवेदनले उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
कांग्रेस संस्थापन पक्षका अधिकांश वयोवृद्ध नेताहरू महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने पक्षमा छन् भने इतर पक्षले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
यद्यपि गगन थापा र विश्वप्रकाशको प्रतिवेदनका कारण रोकिएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । साउन २३ देखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा भदौ ७ सम्ममा स्थगित भएको थियो ।
बैठकमा महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै आजै सकिने नेताहरूले जनाएका छन् । गगनले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्तावित भाव कायम राखेर पारित गर्ने शीर्ष तहमा सहमति भएको छ ।
विश्वप्रकाशले पेस गरेको ‘एक्जिट पोलिसी’ संविधानसँग पनि जोडिने विषय भएकाले संविधान संशोधनको बेलामा बहसमा ल्याउने गरी निर्णय गर्ने तयारी भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij