Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

माछा मार्न बम बनाउँदै गर्दा विस्फोट : एकको मृत्यु, दुई जना गम्भीर घाइते

माछा मार्न बम बनाउँदै गर्दा विस्फोट : एकको मृत्यु, दुई जना गम्भीर घाइते


  • 9.0K
    Shares

    माछा मार्न बम बनाउँदै गर्दा विस्फोट : एकको मृत्यु,  दुई जना गम्भीर घाइते

    बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

    गम्भीर घाइते गुल्मीको मुसिकोट नगरपालिका–७ स्थायी घर भएका ३१ वर्षीय मित्रबहादुर रानाको उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमै साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए। 

    विष्फोटमा गम्भीर घाइते भएका बडिगाड गाउँपालिका–२, हाँडिखोलाका २८ वर्षीय अरुण पुनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ। 

    बिहीबार स्थानीय दुर्गाबहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा विष्फोट हुँदा दुई जना गम्भीर घाइते भएका थिए ।  

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - १२:०१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij