Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

निरकुंशता हाबी

महामन्त्री ढकाल निष्कासित भएलगत्तै अर्का महामन्त्री बाहुन पनि रास्वपाबाट बर्खास्त (विज्ञप्तिसहित)

महामन्त्री ढकाल निष्कासित भएलगत्तै अर्का महामन्त्री बाहुन पनि रास्वपाबाट बर्खास्त (विज्ञप्तिसहित)


  • 6.0K
    Shares

    महामन्त्री ढकाल निष्कासित भएलगत्तै अर्का महामन्त्री बाहुन पनि रास्वपाबाट बर्खास्त (विज्ञप्तिसहित)
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय महामन्त्री मुकुल ढकाललाई पार्टीबाट निष्कासन गरेलगत्तै पारस बाहुनलाई पनि निष्कासन गरेको छ । उनलाई हिजो (बिहीबार) पदमुक्त गरिएको हो । 

    रास्वपाका सुदूरपश्चिम प्रदेशका महामन्त्री पारस बाहुनलाई निष्कासन गर्दै कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गरेका थिए । 

    ‘यहाँले पछिल्लो समयमा सङ्गठन र नेतृत्वलाई असहज स् असफल बनाउने विविध क्रियाकलापहरू गर्नु भएको हुँदा सोबारे स्पष्टीकरण सोधिएकोमा उक्त स्पष्टीकरण पत्रको जवाफ सन्तोषजनक नभएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ को धारा ३० को उपधारा १ को (ग) र दोस्रो संशोधन विधानको भाग ७ धारा २८ उपधारा १ को (ट) बमोजिम यहाँलाई आजको मिति २०८१–०५–१३ गते बिहीबारका दिनदेखि प्रदेश महामन्त्री पदको जिम्मेवारीबाट मुक्त गरिएको ब्यहोरा जानकारी गराउँदछु,’ विज्ञप्तिमा लेखिएको छ । 

    कारबाही गर्नुअघि प्रदेश समितिले २१ बुँदे कारण देखाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो । महामन्त्री बाहुनले पनि भदौ ११ गते नै २१ बुँदे जवाफ फर्काएका थिए ।

    हेर्नुहोस् विज्ञप्ति :

    11_0BqBS5uo3V.png

    प्रकाशित मिति :भाद्र १४ २०८१ शुक्रवार - १४:२५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij