Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

‘स्वास्थ्य संकटकाल’ लागू गर्न माग गर्दै प्रदर्शन, १० जना प्रहरी नियन्त्रणमा

‘स्वास्थ्य संकटकाल’ लागू गर्न माग गर्दै प्रदर्शन, १० जना प्रहरी नियन्त्रणमा


  • 9.1K
    Shares

    ‘स्वास्थ्य संकटकाल’ लागू गर्न माग गर्दै प्रदर्शन, १० जना  प्रहरी नियन्त्रणमा
    images

    काठमाडौँ । काठमाडौँ लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढेको भन्दै वातावरण संरक्षण अभियान्ताहरुले वातावरण तथा स्वस्थ्य संकटकाल लागू गर्न माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन् ।

    देशमा डढेलो र वायु प्रदूषणले जनस्वास्थ्य संकटमा रहेको बेला सरकार बसेको भन्दै उनीहरुले सिंहदरबार अगाडि प्रदर्शन गरेका हुन् ।

    प्रहरीले प्रदर्शनमा हस्तक्षेप गर्दै ९–१० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्जमा राखिएको प्रहरीको भनाइ छ ।

    देशका विभिन्न भागमा लागेको डढेलोका साथै प्रदूषणले देशभरको वायुको गुणस्तरमा ह्रास आएको छ । केही दिनअघि काठमाडौँ वायु प्रदूषणको मामिलामा विश्वकै सबैभन्दा प्रदूषित शहरसमेत बनेको थियो । 

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - ११:५४:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij