Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

कर्णाली प्रदेश परामर्श बैठक

माओवादी नेताहरूको दबाबपछि प्रचण्डको नेतृत्व त्याग्ने संकेत, भने– ‘केही वर्षमै अध्यक्ष छोड्छु’

माओवादी नेताहरूको दबाबपछि प्रचण्डको नेतृत्व त्याग्ने संकेत, भने– ‘केही वर्षमै अध्यक्ष छोड्छु’


  • 6.1K
    Shares

    माओवादी नेताहरूको दबाबपछि प्रचण्डको नेतृत्व त्याग्ने संकेत, भने– ‘केही वर्षमै अध्यक्ष छोड्छु’
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व त्याग्ने संकेत गरेका छन् । पार्टीभित्र प्रचण्डले विश्वास गरेका नेताहरूले नै नेतृत्व परिवर्तनमा जोड दिएपछि उनले यस्तो संकेत गरेका हुन् । 

    पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डले ‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचमा छु,’ उनले भने, ‘अध्यक्ष भन्ने पद मेरा लागि त्यति ठूलो छैन । संसारले नै प्रचण्डलाई ठूलो परिवर्तनको संवाहकका रूपमा स्वीकारेको अवस्थामा मलाई अध्यक्ष हुनैपर्छ भन्ने नै छैन ।’

    उनले पार्टीभित्र नेतृत्व गर्ने अर्को टिम नबनिसकेकाले हस्तान्तरण गर्ने विषय तत्काल उपयुक्त नहुने बताए । ‘नेतृत्वको बारेमा जहिले पनि छलफल भइराख्छ । तर अहिले नै नेतृत्व हस्तान्तरणको कुरा त्यति उपयुक्त छैन,’ उनले भने । उपमहासचिव जनार्दन शर्माले ल्याएको प्रतिवेदनमा पनि अहिले नै अध्यक्ष छोडेर अर्को अध्यक्ष बनाउने नभनेको उनले बताए । 

    प्रकाशित मिति :भाद्र १४ २०८१ शुक्रवार - ११:१८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij