२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । ३५ वर्षपछि गोरखा चुमभ्यालीबाट प्रकाश तामाङ ‘काले’ काठमाडौं हुँदै घर फर्किने भएका छन् । उनी हिजो (बिहीबार) दिउँसो उक्त भ्यालीबाट काठमाडौं फर्किएका हुन् ।
हेर्ने कथा ‘हराएका वर्ष’ अंकमार्फत ३५ वर्षपछि घरपरिवार भेटेका प्रकाश काठमाडौं हुँदै आफ्नो घर भोजपुर पुग्नेछन् । प्रकाशलाई साहु टाँसी लामाले १० लाख पारिश्रमिक दिनेछन् भने गोरखा चुनमुव्री गाउँपालिकाले एक लाख दिनेछ ।
प्रकाशले बैंक खाता सञ्चालनमा ल्याएसँगै साहुले १० लाख र गाउँपालिकाले एक लाख जम्मा गरिदिनेछ । उनी भोजपुर पुग्नु पहिले काठमाडौं आउने बताइएको छ ।
उनलाई आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नेछन् । त्यसपछि उनी आफ्नो घर भोजपुर फर्किनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij