Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

नेपाली काग्रेस

महामन्त्रीद्वयको प्रस्तावमा सहमति नहुँदै संस्थापन पक्षको मुखरित, खड्का भन्छन्– ‘सर्वसम्मतिले पारित हुन्छ’ 

महामन्त्रीद्वयको प्रस्तावमा सहमति नहुँदै संस्थापन पक्षको मुखरित, खड्का भन्छन्– ‘सर्वसम्मतिले पारित हुन्छ’ 


  • 4.1K
    Shares

    महामन्त्रीद्वयको प्रस्तावमा सहमति नहुँदै संस्थापन पक्षको मुखरित, खड्का भन्छन्– ‘सर्वसम्मतिले पारित हुन्छ’ 
    images

    काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रस्तावमा सहमति जुटेको छैन । महामन्त्रीद्वयसहित वर्तमान र पूर्वपदाधिकारी बैठकले समेत प्रस्तावमा सहमति जुटाउन नसकेको कांग्रेसले जनाएको छ । 

    गत फागुन ७ गतेदेखि १० सम्म ललितपुरको गोदावरीमा कांग्रेस महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र विश्वप्रकाश शर्माले राजनीतिक प्रस्ताव ‘एक्जिट पोलिसी’ पेस गरेका थिए । 

    ती प्रस्तावमाथि समूहगत रूपमा महासमिति सदस्यहरूले सुझाव दिएका थिए । ती सुझाव समेटेर प्रस्तावहरू केन्द्रीय समितिले अनुमोदन गर्ने गरी महासमिति बैठक सकिएको थियो । 

    महासमिति सकिएको पाँच महिनापछि गत साउन २३ गतेदेखि केन्द्रीय समितिमा यी प्रस्तावबारे पुनः छलफल भइरहेको छ । महासमितिमा पेस गरिएका प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा पनि राखिसकेका छन् । 

    यसैक्रममा हिजो (बिहीबार) अपराह्न उपसभापति खड्काले महासमितिमा प्रस्तुत प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित गरिने बताएका छन् । भदौ १६ गते बस्ने केन्द्रीय समिति बैठकले सबै प्रस्ताव सहमतिमै पारित गर्ने उनको भनाइ छ । खड्का कांग्रेस संस्थापन पक्षका नेता हुन् । 

    प्रकाशित मिति :भाद्र १४ २०८१ शुक्रवार - ०९:४०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij