Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

भारतमा कोरोना : ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि, ४६९ जनाको मृत्यु

भारतमा कोरोना : ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि, ४६९ जनाको मृत्यु


  • 6.7K
    Shares

    भारतमा  कोरोना  : ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि, ४६९ जनाको मृत्यु
    images

    भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ४६६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

    बुधवार ७२ हजार जनामा संक्रमण देखिएको थियो । यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २३ लाख ३ हजार १३१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ लाख १४ हजार ६९६ पुगेको छ ।

    आज थप ४६९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा १ लाख ६३ हजार ३९६ जनाको मृत्यु भइसकेको छ ।

    पछिल्लो २४ घण्टामा ५० हजार ३५६ जना संक्रमित संक्रमण मुक्त भए । संक्रमण बढ्दै जाँदा केन्द्र र राज्य सरकारहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । केही स्थानमा लकडाउन लागू गरिएको छ ।

    भारतमा बिहीबारबाट ४५ वर्षभन्दा माथि उमेर समूहलाई भ्याक्सिन दिन सुरु गरिएको छ । भ्याक्सिन दिने क्रम बढेपनि संक्रमितको संख्या बढ्दै गएसँगै स्वास्थ्य प्रोटोकल पालना गर्न आग्रह गरिएको छ ।   

     

    प्रकाशित मिति :चैत्र २० २०७७ शुक्रवार - ११:३१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij