Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

संसद् बैठक 

एमाले राप्रपाको लाइनमा : हिन्दुराष्ट्र तत्काल घोषणा गर्न सांसदको माग, राजसंस्थाबारे के भने ? 

एमाले राप्रपाको लाइनमा : हिन्दुराष्ट्र तत्काल घोषणा गर्न सांसदको माग, राजसंस्थाबारे के भने ? 


  • 3.6K
    Shares

    एमाले राप्रपाको लाइनमा : हिन्दुराष्ट्र तत्काल घोषणा गर्न सांसदको माग, राजसंस्थाबारे के भने ? 
    images

    काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद किरणकुमार साहले नेपाललाई हिन्दुराष्ट्र बनाउन माग गरेका छन् । आज (बिहीबार) बसेको संसद् बैठकमा उनले यस्तो माग गरेका हुन् । 

    संविधानले उन्नति र पहिचान नदिएकाले संशोधन गरी हिन्दुराष्ट्र बनाउन माग गरेका छन् । उनले भने– ‘हाम्रो सामु प्रश्न खडा भएको छ । हामीले सोचेका थियौँ, हाम्रो संविधान संविधानसभामार्फत आफैँ लेख्यौँ ।’ 

    साहले नेपालको संविधान विश्वको उत्कृष्ट भने तर, यो संविधानले उन्नति नै दिइराखेको छ । न त पहिचान त्यसैले संविधान संशोधन गरी नेपाललाई सनातन हिन्दु राष्ट्रको पहिचान दिऔँ ।’

    यद्यपि राजसंस्थाबारे सांसद साहले कुनै तर्क गरेनन् । हिन्दुराष्ट्रसहित राजसंस्था पुनःस्थापना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एजेन्डा हो । तर, पछिल्लो समय नेपाली कांग्रेसका केही सांसदले पनि हिन्दुराष्ट्रको माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका थिए । 

    प्रकाशित मिति :भाद्र १३ २०८१ बिहिवार - १३:४८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij