Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

सवाल–जवाफ

परराष्ट्रमन्त्री आरजु राणालाई प्रश्न– ओलीको कार्यकालपछि तपाईं बन्दै हो प्रधानमन्त्री ? 

परराष्ट्रमन्त्री आरजु राणालाई प्रश्न– ओलीको कार्यकालपछि तपाईं बन्दै हो प्रधानमन्त्री ? 


  • 3.2K
    Shares

    परराष्ट्रमन्त्री आरजु राणालाई प्रश्न– ओलीको कार्यकालपछि तपाईं बन्दै हो प्रधानमन्त्री ? 
    images

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नबने बताएकी छन् । आज (बिहीबार) धनगढीमा आयोजित पत्रकार भेटघाटमा पत्रकारहरूले केपी शर्मा ओलीको कार्यकाल पश्चात् प्रधानमन्त्री तपाईं हो भनेर प्रश्न गरेका थिए । 

    उक्त प्रश्नको जवाफ दिँदै मन्त्री आरजुले भनिन्, ‘प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नुपर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला तर, पार्टीभित्रै मेरो हैसियत कति छ मलाई थाहा छ । राम्रो कल्पना हो ।’

    ‘बाहिरबाट हेर्दा एउटा देखिएला तर पार्टीभित्र मेरो आफ्नै हैसियत कति छ मलाई थाहा छ । त्यसकारण त्यो राम्रो कल्पना हो । म प्रधानमन्त्रीज्युलाई धेरै धन्यवाद दिन चाहान्छु,’ उनले भनिन्, ‘हाम्रो पार्टीको अब अर्को प्रधानमन्त्री बन्ने भनेको शेरबहादुर देउवा जी नै हो ।’

    प्रकाशित मिति :भाद्र १३ २०८१ बिहिवार - ११:०९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij