२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । २०६२÷०६३ को जनआन्दोलनबाट स्थापित चर्चित युवा नेत्री रामकुमारी झाँक्री पार्टी पदाधिकारी निर्वाचनमा पराजित भएकी छन् । नेकपा (एकीकृत समाजवादी)को १७ पदाधिकारी निर्वाचनमा महिला उपाध्यक्षमा उनी पराजय भएकी हुन् ।
यतिबेला राजनीतिक वृत्तमा झाँक्रीको पराजयलाई लिएर अनेकन् टीकाटिप्पणी र बहस हुन थालेका छन् । कतिपयले पार्टीमा मौलाएको गुटगत राजनीतिको छायाँमा परेको बताइरहेका छन् भने कतिले पार्टी बाहिरको पपुलारिटी भित्र नभएको टिप्पणी गरेका छन् ।
उनी २०७९ को संघीय (प्रतिनिधिसभा) निर्वाचनमा गुल्मी–२ बाट पराजित भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का गोकर्ण विष्ट उक्त क्षेत्रबाट निर्वाचित भए ।
त्यसयता बेचैन बनेकी झाँक्री पार्टीमा पनि सक्रिय थिइनन् । उनी एकीकृत समाजवादीको सचिव जस्तो उच्च पदिय दायित्व र जिम्मेवारीमा भए पनि खासै सक्रियता भने देखिन्नथ्यो । बरु उनलाई एमाले प्रवेश गर्नसक्ने पार्टीभित्रैका कतिपय नेताहरूले आकलन गरेका थिए ।
तथापि उनीहरूको भ्रम चिर्दै गत असार १६ गतेदेखि २० सम्म काठमाडौं चलेको पार्टी राष्ट्रिय महाधिवेशनबाट सक्रिय भएकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij