Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

टुँडिखेल गौरा पर्व 

देउवा-ओलीविरुद्धको आक्रोशमाथि बल पुग्ने रास्वपा सांसदको अभिव्यक्ति, आफैतिर फर्किनेमा बेखबर

देउवा-ओलीविरुद्धको आक्रोशमाथि बल पुग्ने रास्वपा सांसदको अभिव्यक्ति, आफैतिर फर्किनेमा बेखबर


  • 3.3K
    Shares

    देउवा-ओलीविरुद्धको आक्रोशमाथि बल पुग्ने रास्वपा सांसदको अभिव्यक्ति, आफैतिर फर्किनेमा बेखबर
    images

    काठमाडौं । भदौ १० मा काठमाडौंस्थित टुँडिखेलमा आयोजित गौरा पर्वलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नारबाजी भएको थियो । 

    उक्त पर्वमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रीहरू बद्री पाण्डे, ऐनबहादुर शाही र दामोदर भण्डारी उपस्थित थिए ।

    कार्यक्रममा युवाहरूको एक समूहले प्रधानमन्त्री ओली र सभापति देउवाविरूद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले ओली–देउवालाई नै लक्षित गर्दै भ्रष्टाचारी मुर्दावाद जस्ता नारा लगाएका थिए । 

    त्यसपछि प्रधानमन्त्री ओलीले गौरापर्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए ।

    त्यसपछि देउवाले कार्यक्रम विथोल्न हो–हल्ला गरेको भन्दै युवाहरूप्रति असन्तुष्टि जनाए । उनले भने, ‘तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज पनि छैन । गौरा पर्वको कार्यक्रम विथोल्ने ? यही हो नेपालको चलन ? बदमासहरू ।’ 

    यहीँ कुरालाई लिएर आज (बुधबार) बसेको संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारले गलत काम गरेको टिप्पणी गरे । उनले विरोधका आवाजहरू सुन्नसक्ने धैर्यता सरकारले राख्न सक्नुपर्ने बताए । 

    उनले भने, ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरूले विरोध भाषण गरे भन्छु म । यसलाई अराजकता शैली वा अनेक बहाना लगाएर सरकारले भिडिओ फुटेज स्क्रिनिङ गरी हिजोबाट हिरासतमा राख्न थालेको रहेछ । यो विल्कुल गलत भएको छ ।’

    सांसद ढकालको उक्त भनाइप्रति कांग्रेसका मुख्य सचेतकसमेत रहेका सांसद श्यामकुमार घिमिरेले आपत्ति जनाए । उनले उक्त कार्यक्रममा युवाहरूले गरेको नाराबाजी उच्छृङ्खल नै भएको दाबी गरे ।

    ढकालको अभिव्यक्तिप्रति सचेतक घिमिरेले आपत्ति जनाए पनि उनले यो पनि बिर्सिनु हुँदैन, रास्वपाप्रति पनि जनता सन्तुष्टि देखिँदैनन् । रास्वपा सभापति र अन्य केही सांसदहरूको गतिविधिले जनतामा थप निराशा छाएको छ । त्यो निराशा आक्रोशमा परिणत हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । 

    प्रकाशित मिति :भाद्र १२ २०८१ बुधवार - १५:१०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij