Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

संसद् रमिता

एमाले सांसदको अराजक अभिव्यक्ति, माओवादी आक्रोशित, सभामुखले देखाए एमाले छनक 

एमाले सांसदको अराजक अभिव्यक्ति, माओवादी आक्रोशित, सभामुखले देखाए एमाले छनक 


  • 4.8K
    Shares

    एमाले सांसदको अराजक अभिव्यक्ति, माओवादी आक्रोशित, सभामुखले देखाए एमाले छनक 
    images

    काठमाडौं । संसद् बैठकमा सांसदहरूले रमिता देखाएका छन् । सत्ता र प्रतिपक्षले एकआपसमा दोषारोपन गर्न थालेपछि सांसदहरू रमिता देखाएका हुन् । 

    एमाले सांसद योगेश भट्टराईले जनयुद्ध र हिंसाकै कारण विद्युत् प्रभावित भएको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभाको नियम २६ बमोजिम नियमापत्ति जनाएका थिए । 

    त्यसभन्दा पहिले सांसद भट्टराईलाई सभामुख देवराज घिमिरेले एक मिनेट भन्दै तीन पटक बोल्न दिए । यहीँ मौकाको फाइदा उठाउँदै उनले माओवादी १० वर्षे शसस्त्र संघर्षको घोर निन्दा गरेका थिए ।  

    १० मिनेट जति सत्ता र प्रतिपक्षी सांसदहरूको विवाद बढेपछि संसद् नै अवरुद्ध भएको थियो । अहिले पुनः सभामुखले संसद् सुचारू गरेका छन् । 

    सभामुख देवराज घिमिरे नेकपा (एमाले) पृष्ठभूमिका हुन् । 

    प्रकाशित मिति :भाद्र १२ २०८१ बुधवार - १३:४७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij