२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । संसद् बैठक आह्वान गरिएको छ । आज (बुधबार) दिउँसो १ः०० बजेका लागि उक्त बैठक आह्वान गरिएको हो ।
बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । ।
त्यस्तै सांसद तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची रहेको सघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताएका छन् ।
हेर्नुहोस् कार्यसूची :

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij