Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

समाजवादी मोर्चा

विप्लव नेतृत्वको माओवादी, एस, नेकपा र नेसपासहितको संयुक्त समाजवादी मोर्चा अलपत्र

विप्लव नेतृत्वको माओवादी, एस, नेकपा र नेसपासहितको संयुक्त समाजवादी मोर्चा अलपत्र


  • 3.0K
    Shares

    विप्लव नेतृत्वको माओवादी, एस, नेकपा र नेसपासहितको संयुक्त समाजवादी मोर्चा अलपत्र
    images

    काठमाठौं । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको संयुक्त समाजवादी मोर्चा अलपत्र परेको छ । 

    गत साउनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल मोर्चाबाट बाहिरिएको छ भने बाँकी दलहरू अहिले पनि समाजवादी मोर्चामै छन् । एमाले–माओवादी सत्ता गठबन्धन ताका नै अलपत्र परेको उक्त मोर्चाले हालसम्म मूर्तरूप लिन सकेको छैन । 

    आज (बुधबार)का लागि आह्वान गरिएको मोर्चाको बैठक स्थगित भएको समाजवादी मोर्चाको सचिवालयले जनाएको छ । गत बिहीबार बसेको बैठकमा सदस्य सचिव तथा नेकपाका नेता खड्गबहादुर विश्वकर्मा र माओवादी केन्द्रका महासचिव देव गुरुङले धारणा राखेपछि बैठक स्थगित भएको थियो । 

    गुरुङ प्रदेशमा जारी रहेको माओवादीको परामर्श बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि सचिवालयको बैठक प्रभावित भएको सचिवालयले बताएको छ । उनका अनुसार अर्को बैठक भदौ १८ गते बस्नेछ ।

    प्रकाशित मिति :भाद्र १२ २०८१ बुधवार - ११:११:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij