२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । काठमाडौंको कीर्तिपुर वितरण केन्द्रअन्तर्गत आज (शुक्रबार) ६ घण्टा बिजुली जाने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनाअनुसार मच्छेगाउँ फिडरअन्तर्गत खुसीखुसी चोक, मच्छेगाउँ, टौखेल, चम्पादेवी बसपार्क, पुष्पलाल पार्क, दूधपोखरी, ढाल्पा, भत्क्यापाटी, राराहिल तथा नगाउँ क्षेत्रमा अहिले बिहान ११ बजेदेखि साँझ अपराह्न ५ बजेसम्म विद्युत् बन्द गरिने भएको हो ।
ज्वालादेवी र चम्पादेवीमा रहेका दुईवटा ट्रान्सफर्मर बन्द गरेर काम गर्नुपर्ने भएकाले विद्युत् कटौती हुने भएको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij