Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

एकीकृत समाजवादी 

रामकुमारी झाँक्री उपाध्यक्षमा पराजित, हरायो चुरीफुरी, पार्टीमा जयन्ती राईको चर्चा 

रामकुमारी झाँक्री उपाध्यक्षमा पराजित, हरायो चुरीफुरी, पार्टीमा जयन्ती राईको चर्चा 


  • 4.6K
    Shares

    रामकुमारी झाँक्री उपाध्यक्षमा पराजित, हरायो चुरीफुरी, पार्टीमा जयन्ती राईको चर्चा 
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पदाधिकारीका लागि निर्वाचन भएको छ । मंगलबार अपरान्ह ५ बजेदेखि पदाधिकारी छनोटका लागि निर्वाचन भएको हो । 

    उक्त निर्वाचनमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी जयन्ती राई विजयी भएकी छन् । 

    यसैगरी मधेसी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । खुला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् । 

    उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् ।  चौधरीले सबैभन्दा धेरै १५८ मत पाएर विजयी भएका छन् । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए ।

    सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका छन् । 

    वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसम्मत चुनिएका थिए । महिला उपाध्यक्षमा झाँक्रीलाई पराजित गर्ने जयन्ता राईको पार्टीमा चर्चा हुन थालेको छ । किनकि उनी विभिन्न आन्दोलनमा सक्रिय नेतृ हुन् ।

    यद्यपि राईले आन्दोलनमा दिएको योग्दानलाई अवमूल्यन गर्न मिल्दैन । तर, राईभन्दा औषत झाँक्री आन्दोलनमा सक्रिय थिइन् । उनी विभिन्न आन्दोलनकै कारण चर्चित बनेकी थिइन् । 

    प्रकाशित मिति :भाद्र १२ २०८१ बुधवार - ०९:४७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij