२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सर्ट भिडिओ स्लेटफर्म टिकटक प्रतिबन्ध अझैँ हटेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले भदौँ ६ मा टिकटकमाथि लगाइएको प्रतिबन्धन हटाउने निर्णय गरेको थियो ।
तर, उक्त प्रतिबन्ध हालसम्म हटेको छैन । सरकारले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई औपचारिक रूपमा पत्राचार नगर्दा टिकटकमाथि लगाइएको प्रतिबन्ध हटेको छैन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको बताएका थिए । यो सर्त के–कस्तो छ भन्ने कुरा भने सार्वजनिक भएको छैन ।
यसअघि गत कात्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम गरेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij