Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

कांग्रेस विवाद

महामन्त्रीद्वयको प्रस्तावित प्रतिवेदनले कांग्रेस संस्थापन र इतरपक्षबीच चर्काचर्की, पारित हुनेमा चुनौती 

महामन्त्रीद्वयको प्रस्तावित प्रतिवेदनले कांग्रेस संस्थापन र इतरपक्षबीच चर्काचर्की, पारित हुनेमा चुनौती 


  • 5.5K
    Shares

    महामन्त्रीद्वयको प्रस्तावित प्रतिवेदनले कांग्रेस संस्थापन र इतरपक्षबीच चर्काचर्की, पारित हुनेमा चुनौती 
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रस्तावित प्रतिवेदनले पार्टी संस्थापन र इतरपक्षबीच विवाद बढेको छ । 

    सभापति शेरबहादुर देउवाले हिजोदेखि थालेको छलफलमा महामन्त्रीद्वय थापा र शर्माको प्रस्तावलाई मध्यमार्गी रूपमा सहमति गरेर लैजाने भने पनि सहमति हुन सकेको छैन । 

    महामन्त्रीद्वयको प्रस्तावमाथि सहमतिको प्रयास गर्दा पनि सहमति नभएको कांग्रेस संस्थापनइतर पक्षले जनाएको छ । 

    उसले कुनै हालतमा महामन्त्रीको प्रस्ताव पारित गर्न खोजेको छ भने संस्थापन पक्षले पारित गर्न मानिरहेको छैन ।

    यहीँ विवादका कारण कांग्रेसको बैठक साउन २३ देखि २८ सम्म बसेर स्थगन भएको थियो । त्यसपछि सहमति गरेर भदौ ७ मा बैठक बस्ने भनिए पनि सहमतिबिना नै बैठक बसेको थियो । 

    उक्त बैठकमा पनि विवाद समाधान नभएपछि भदौ १५ मा बस्ने गरी अर्को बैठक आह्वान गरिएको छ । 

    प्रकाशित मिति :भाद्र ११ २०८१ मंगलवार - १५:२२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij