२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । डा.मुकुल ढकालले आफू पार्टीबाट निष्कासिन नभएको बताएका छन् । उनले रवि लामिछाने क्लवबाट निष्कासित भएको सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज (मंगलबार) बसेको पार्टी केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्कासित गरेको छ ।
पर्टीले निष्कासित गरेलगत्तै उनले प्रतिक्रिया दिँदै आफू रवि लामिछाने क्लवबाट निष्कासित भएको र आफूलाई पार्टीबाट निष्कासित गर्ने अधिकार क्लवलाई नरहेको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ ।’
ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेको बताउँदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लागाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij