२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको विधान र राजनीतिक दलसम्बन्धी नियममा टेकेर ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी हटाइएको उनले बताए ।
ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटकपटक स्पष्टीकरण सोध्दा पनि ढकालले उल्टै पार्टी सभापति रवि लामिछानेमाथि नै लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए ।
२५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो ।
त्यसपछि मुकुल ढकाल निर्वाचन आयोगमा पुगेर आफूलाई रास्वपाले हटाउन नमिल्ने दाबी गर्दै निवेदन दिएका थिए । हालसम्म उक्त निवेदन आयोगमै विचाराधीन छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij