२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । मंगलबार दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता र प्रतिपक्षीको बेच्नमा हुनेछन् ।
तथापि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भने पार्टी केन्द्रीय बैठकमा उपस्थित हुनुपर्ने भएकोले संसद् बैठकमा हाजिर हुने छैनन् । पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रस्तावमाथि गम्भीर छलफल गर्ने भएकोले उनी संसद् बैठकमा उपस्थित नहुने कांग्रेसले बताएको छ ।
बैठकमा भने आज पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् । प्रचण्डले संक्रमणकालीन न्याय र समसामयिक राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार प्रचण्डले विशेष समयमा सम्बोधन गर्नेछन् ।
यसका साथै आज बस्ने संसद् बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । त्यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने छन् ।
त्यसैगरी आजकै बैठकमा स्वास्थ्य तथा जनसंख्यास वन तथा वातावरण, र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ू माथी विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सभामुखले घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०५६ सालमा सर्लाही–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य २०६३ सालमा पुनस्र्थापित प्रतिनिधिसभा सदस्य र व्यवस्थापिका संसद् सदस्य एवं पूर्व भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री रामचन्द्र राय यादवको ७१ वर्षको उमेरमा निधन भएकोले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij