२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक भर्खरै सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरू भएको हो ।
बैठकमा पाँच एजेण्डासम्बन्धी छलफल हुँदैछ । समसामयिक गतिविधि, राष्ट्रिय भेला, अनुशासनात्मक कारबाही, स्थानीय तहमा छाया सरकार आदि छलफलका विषय रहेको रास्वपाका नेताहरूले बताएका छन् ।
रास्वपाले १ र २ असोजमा पहिलो राष्ट्रिय भेला बोलाएको छ ।
अनुशासनात्मक कारबाहीमा एजेण्डाअन्तर्गत रास्वपाले पूर्वमहामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij