Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

गौरापर्व 

प्रम ओली लक्षित युवाहरूले ‘भ्रष्टाचारी मुर्दावाद’ नारा लगाएपछि देउवाले भने– ‘बदमासहरू !’

प्रम ओली लक्षित युवाहरूले ‘भ्रष्टाचारी मुर्दावाद’ नारा लगाएपछि देउवाले भने– ‘बदमासहरू !’


  • 3.6K
    Shares

    प्रम ओली लक्षित युवाहरूले ‘भ्रष्टाचारी मुर्दावाद’ नारा लगाएपछि देउवाले भने– ‘बदमासहरू !’

    काठमाडौं । काठमाडौं टुँडिखेलमा आज (सोमबार) गौरापर्व मनाइएको छ । उक्त पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्रीहरू बद्री पाण्डे, ऐनबहादुर शाही, दामोदर भण्डारी उपस्थित थिए । 

    गौरापर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरूको एक समूहले प्रधानमन्त्री ओलीविरूद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरूले ओलीलाई नै लक्षित गर्दै भ्रष्टाचारी मुर्दावाद जस्ता नारा लगाएका थिए । 

    त्यसपछि प्रधानमन्त्री ओलीले गौरापर्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए ।

    त्यसपछि देउवाले कार्यक्रम विथोल्न हो–हल्ला गरेको भन्दै युवाहरूप्रति असन्तुष्टि जनाए । उनले भने, ‘तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज पनि छैन । गौरा पर्वको कार्यक्रम विथोल्ने ? यही हो नेपालको चलन ? बदमासहरू ।’

    प्रकाशित मिति :भाद्र १० २०८१ सोमवार - १६:२०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij