Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

रास्वपा विवाद

रास्वपा–मुकुल पत्रवार : निरन्तरको गम्भीर आरोप पश्चात् पार्टीबाटै निष्कासन गर्ने तयारीमा रवि

रास्वपा–मुकुल पत्रवार : निरन्तरको गम्भीर आरोप पश्चात् पार्टीबाटै निष्कासन गर्ने तयारीमा रवि


  • 2.5K
    Shares

    रास्वपा–मुकुल पत्रवार : निरन्तरको गम्भीर आरोप पश्चात् पार्टीबाटै निष्कासन गर्ने तयारीमा रवि
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्ने तयारी गरेको छ । तत्कालीन महामन्त्रीसमेत रहेका ढकाललाई बारबार स्पष्टीकरण सोध्दा पनि उचित जवाफ नदिएको भन्दै रास्वापले पार्टीबाटै निष्कासन गर्ने तयारी गरेको हो ।

    उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्न रास्वपाले भोलि (मंगलबार) केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टीको अनुशासन र आचरण विपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि ढकालको महामन्त्री र प्रवक्ता पद खोसेको थियो । 

    उनलाई ३५ दिनको समय दिएर प्रष्टीकरणको मौका पनि दिइएको थियो । तर, ढकालले निरन्तर पार्टी सभापति रवि लामिछाने, उपभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याल लगायत पदाधिकारी तथा केन्द्रीय नेताहरूविरुद्ध बोलेका थिए । 

    मुकुलको अभिव्यक्ति र आरोपले पार्टीलाई हानी गरेको निष्कर्ष पार्टी अनुशासन आयोगले निकालेपछि उनलाई साधारण सदस्य पनि राख्न नहुने आवाज उठेको थियो । त्यसपपछि रास्वपाले उनलाई साधारण सदस्यबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको थियो ।  

    अन्तिम पटक ढकाललाई रास्वपाको भदौ ५ गतेको बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जवाफमा ढकालले सभापति रवि लामिछानेलाई ‘अपराधी करार गरिछाड्ने’ भनेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गर्ने भएको रास्वपा एक नेताले बताए । 

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले कारबाहीबारे स्पष्ट जवाफ नदिएपनि मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने बताए ।  

    ‘बैठक अगावै निर्णय यहीँ भन्न मिल्दैन । तर‚ अनुशासन आयोगले हामीलाई आफ्नो विषय दिइसकेको छ । हामीले विधान अनुसार सबै प्रक्रिया र अवसर उहाँलाई दिएका छौँ‚’ झाले भने‚ ‘के गर्छौँ भन्ने निर्णय भोलिको केन्द्रीय समिति बैठकले गर्छ ।’

    मंगलबार बिहान ८ बजे बस्ने केन्द्रीय समिति बैठकका लागि  समसामयिक पार्टी गतिविधि‚ राष्ट्रिय भेलाको तयारी‚ अनुशासनात्मक कारबाही‚ स्थानीय छाया सरकार कार्यविधि र विविध विषय गरी पाँच एजेन्डा राखिएको छ ।

    प्रकाशित मिति :भाद्र १० २०८१ सोमवार - १४:०६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij