२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका छन् । बैठक भोलि (मंगलबार) बिहान देउवा निवास बुढानिलकण्ठमा बस्ने छ ।
उक्त बैठकमा सभापतिसहित पाँच पदाधिकारी मात्रै बस्ने गरी देउवाले बैठक बोलाएका हुन् । दुई–दुई उपसभापति र महामन्त्रीलाई मात्र बैठकमा डाकिएको कांग्रेसका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा २०८२ भित्रै महाधिवेशन गर्ने र चुनावी गठबन्धन नगर्ने महामन्त्री गगनकुमार थापाका दुई प्रस्ताव पार्टीमा पेस गरेका छन् । त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा नेताहरूले ओगटेर बस्ने प्रवृत्ति अन्त्यका निम्ति ‘एक्जिट पोलिसी’ प्रस्ताव अघि सारेका छन् ।
नेताले सार्वजनिक लाभको पदमा लगातार रहन नमिल्ने गरी उनले १, २, ३ र ४ लागु हुनुपर्ने प्रस्ताव गरेका छन् । राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपल्ट, मन्त्री तीनचोटी र सांसद चारपालिभन्दा बढी बन्न नपाउने उनको प्रस्ताव छ ।
महामन्त्रीद्वयको प्रस्तावप्रति कांग्रेस संस्थापन पक्ष सन्तुष्ट छैन । उसले थापा र शर्माको प्रस्तावले पार्टी कमजोर हुने र देउवालाई नै क्षति हुने बताउँदै आएका छन् । जसका कारण उनीहरूको प्रस्ताव कुनै हालतमा पारित गर्न नहुने पक्षमा कांग्रेस संस्थापन पक्ष छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij