२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले तीन तहको समितिका पदाधिकारी चयन गर्दैछ ।
हिजो (आइतबार)देखि संघीय राजधानी काठमाडौंमा सुरू भएको केन्द्रीय समिति बैठकबाट पार्टी स्थायी, पोलिटब्यूरो र केन्द्रीय समिति पदाधिकारी चयन गर्न लागेको हो ।
महाधिवेशन समापनको दुई महिनापछि स्थायी, पोलिटब्यूरो र केन्द्रीय समिति पदाधिकारी चयन गर्न लागेको एकीकृत समाजवादीले जनाएको छ ।
त्यसका लागि उसले सर्वप्रथम केन्द्रीय समिति पदाधिकारी चयन गर्नेछ भने त्यसपछि स्थायी र पोलिटब्यूरो सदस्य पदाधिकारी चयन गर्ने बताइएको छ ।
पार्टी विधान बमोजिम क्रमशः स्थायी, पोलिटब्यूरो र केन्द्रीय समिति पदाधिकारी चयन गर्नुपर्ने हुन्छ ।
तर, एकीकृत समाजवादीले त्यसो नगरी पहिले केन्द्रीय, त्यसपछि पोलिटब्यूरो र अन्त्यमा स्थायी समिति पदाधिकारी चयन गर्नेछ ।
पार्टीभित्र देखिएको गुट व्यवस्थापनमा देखिएको चुनौतीका कारण उसले यसो गर्नु परेको स्रोत बताउँछ ।
अहिले एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूह हाबी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij