२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले कुनै पार्टीले एकताको प्रस्ताव नगरेको बताएका छन् ।
आज (आइतबार)बाट सुरू भएको पार्टी केन्द्रीय बैठक पश्चात् उनले यस्तो बताएका हुन् ।
पत्रकारले नेकपा (माओवादी केन्द्र)सँग कहिले एकता गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने– ‘अहिले हामी जाने (एकतामा) कुनै सम्भावना छैन । जाने स्थिति नै छैन । सरकारको कुरा छाड्नुस् । सरकारको कुरा लिएर जाने होइन । यसको आधारमा हामी कुनै एकता गर्छौँ । कसैले भ्रम नपाले हुन्छ । कसैले प्रस्ताव राखेका पनि छैनन् । कसैले भनेका पनि छैनन् ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij