२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता–कार्यकर्तालाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् ।
उनले पार्टीभित्र अराजक नेता–कार्यकर्तालाई छुट दिन नसक्ने चेतावनी दिएका हुन् । आज (आइतबार)बाट सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् । उनले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘जे पायो त्यही बोलेर पार्टीमा बसिरहने स्थिति बन्द गरौँ । पहिलो चोटी चेतावनी दिउँ, दोस्रो पटक अन्तिम चेतावनी दिऊँ । त्यसपछि पनि व्यवहारमा सुधार नआए पार्टीबाट निष्कासन गर्नुपर्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij