Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

एकीकृत समाजवादी 

नेता व्यवस्थापनको कठिनाइले महाधिवेशनको दुई महिनापछि केन्द्रीय सदस्यहरूको शपथ 

नेता व्यवस्थापनको कठिनाइले महाधिवेशनको दुई महिनापछि केन्द्रीय सदस्यहरूको शपथ 


  • 2.8K
    Shares

    नेता व्यवस्थापनको कठिनाइले महाधिवेशनको दुई महिनापछि केन्द्रीय सदस्यहरूको शपथ 
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन समापनको दुई महिना पश्चात् केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

    गत असार १६ देखि २० मा काठमाडौंमा सम्पन्न महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई चयन गरेको थियो । यद्यपि केन्द्रीय सदस्य समितिको विस्तार भने गरिएको थिइन । 

    महाधिवेशनले सम्मानित नेता झलनाथ खनालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको थियो । त्यसयता केन्द्रीय समितिलाई पूर्णता दिन समाजवादीलाई झन्डै २ महिना लाग्यो ।

    यस्तोमा समाजवादीले आइतबार मात्रै यसअघि थप गरिएका दुई सय ५१ केन्द्रीय सदस्यलाई शथप गराएको हो । यससँगै समाजवादीको केन्द्रीय समिति ३४४ सदस्यीय भएको छ । समाजवादीको विधानमा २१ जना पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कार्य समिति व्यवस्था गरिएको थियो ।

    नेताहरूको योगदान तथा कार्यक्षमताका आधारमा पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । 

    पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान र कार्यक्षमताका आधारमा पदाधिकाी छनोट गरिने भएको छ । 

    प्रकाशित मिति :भाद्र ९ २०८१ आइतवार - १४:१७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij