Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश माथि २५ गते सांसदले झार्दैछन् झाँको, कति छन् उजुरी ? 

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश माथि २५ गते सांसदले झार्दैछन् झाँको, कति छन् उजुरी ? 


  • 9.5K
    Shares

    सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश माथि २५ गते सांसदले झार्दैछन् झाँको, कति छन् उजुरी ? 

    काठमाडौँ । प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा. कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सात वटा उजुरी परेको छ ।

    सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा. चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिए । उनका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य रहेका छन् ।

    न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा। चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उनीहरुविरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो । उक्त १० दिन आज पूरा भएको छ ।

    बैठकले उनीहरुको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ भने यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ ।

    न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार डा चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया अगाडि बढिरहेको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १६:५६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij