Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

विभाजनपछि आधारभूत संगठन निर्माणमा जसपा, प्रभावकारी सांगठानिक मोडल बनाउने तयारीमा उपेन्द्र

विभाजनपछि आधारभूत संगठन निर्माणमा जसपा, प्रभावकारी सांगठानिक मोडल बनाउने तयारीमा उपेन्द्र


  • 2.1K
    Shares

    विभाजनपछि आधारभूत संगठन निर्माणमा जसपा, प्रभावकारी सांगठानिक मोडल बनाउने तयारीमा उपेन्द्र
    images

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल पार्टी पुनर्निर्माणको तयारीमा जुटेको छ । उसले तल्लो तहदेखि आफ्ना सबै संगठनलाई सक्रिय एवं पुनर्निर्माण गर्न जुटेको हो । 

    जसपाले ‘आधारभूत संगठन निर्माण अभियान’ नै सञ्चालन र त्यसको मोडालिटी कस्तो बनाउने भन्नेबारे बृहत् छलफल गर्ने भएको छ । त्यसका लागि उसले आज (आइतबार) बागमती प्रदेश अन्तर्गतका सबै जिल्लाहरू र काठमाडौंमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्ने गरी अध्यक्ष उपेन्द्र यादवले उक्त अभियानको उद्घाटन गर्दैछन् । 

    काठमाडौंमा थापागाउँस्थित काठमाडौं ब्यांकेवेटमा मध्यान्ह १२ः३० बजे चार महिने अभियानको उद्घाटन भएसँगै पार्टीको आधारभूत संगठन निर्माण अभियान प्रारम्भ हुनेछ । त्यसका लागि सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि मधेस प्रदेशको जनकपुरमा भदौ १५ गते अभिमुखीकरण कार्यक्रम हुनेछ । 

    त्यस्तै रौतहट, बारा, पर्सा र हेटौडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ । कोशी प्रदेशको विराटनगरमा भदौ १८ गते अभियन्ताहरूको अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ ।  

    त्यसैगरी लुम्बिनी प्रदेशका लागि भैरहवामा भदौ २३ गते र नेपालगञ्जमा भदौ २४ गते अभिमुखीकरण कार्यक्रम हुनेछ । भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङका अभियन्ताका लागि र नेपालगञ्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्ताहरूलाई अभिमुखीकरणमा सहभागी गराइनेछ । गण्डकी प्रदेशको पोखरामा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण हुनेछ । 

    अशोक राई नेतृत्वको समूह जसपा नेपालबाट विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले तल्लो तहदेखि नै पार्टीको संगठन निर्माणमा सक्रिय देखिएका छन् । 

    प्रकाशित मिति :भाद्र ९ २०८१ आइतवार - ११:२०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij