२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने भएको छ । अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओली जाने निश्चित भएको हो ।
त्यसको तयारी परराष्ट्र मन्त्रालय जुटिसकेको छ । सेप्टेम्बर २३ देखि सुरू हुने महासभाका लागि प्रधानमन्त्री ओली सेप्टेम्बर २१ वा २२ मा अमेरिका जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री ओली अमेरिका जाने निश्चित भए पनि सेप्टेम्बर २१ वा २२ मध्ये कहिले जाने भनेर समय निश्चित भइसकेको छैन ।
यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बैंककमा साइडलाइन वार्ता हुने तय थियो । अमेरिकामै मोदी र ओलीबीच साइडलाइन वार्ता हुने सम्भावना रहेको बताइएको छ । सेप्टेम्बर २६ मा प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीको पहिलो औपचारिक भ्रमण भारतबाट नै हुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीलाई भारत र चीन दुवै देशबाट औपचारिक भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । तर प्रधानमन्त्री ओलीले भारतबाट नै आफ्नो पहिलो भ्रमण गर्ने पार्टी निकट स्रोतले जनाएको छ ।
२०६५ मा पहिलो पटक प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका थिए । त्यति बेला उनको सो भ्रमणप्रति भारतले असन्तुष्टि जनाएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij