Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री भन्छन् - शिक्षकको गुणस्तर माथि नउठाएसम्म विद्यार्थीको गुणस्तर बढ्न सक्दैन

प्रधानमन्त्री भन्छन् - शिक्षकको गुणस्तर माथि नउठाएसम्म विद्यार्थीको गुणस्तर बढ्न सक्दैन


  • 7.3K
    Shares

    प्रधानमन्त्री भन्छन् - शिक्षकको गुणस्तर माथि नउठाएसम्म विद्यार्थीको गुणस्तर बढ्न सक्दैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत छनोटमा परेका विद्यालयको विवरण प्रस्तुत गर्ने कार्यक्रममा उनले शिक्षकको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन् ।

    विद्यार्थीको ध्यानाकर्षण गर्न सक्ने, विद्यार्थीले बुझ्ने गरी पढाउन सक्ने र शिक्षण विधि तथा पद्धतिमा ध्यान दिने शिक्षक चाहिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

    '...हामीले पहिलो कुरा त शिक्षककै गुणस्तर माथि नउठाइकन विद्यार्थीको गुणस्तर माथि उठाउन सक्दैनौँ । शिक्षककै गुणस्तर माथि उठाउनुपर्छ । विद्यालयहरुमा अनिवार्य रुपमा उपयुक्त खालको शैक्षिक वातावरण हुनुपर्दछ' उनले भने, ‘उपयुक्त खालको शिक्षक क्वालिटी हुनुपर्दछ । शिक्षकको क्वालिटी समय समयमा टेष्ट गरिनुपर्छ । शिक्षक आफ्नो विद्यार्थीको लागि उत्तरदायी हुनुपर्छ ।’

    राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामाग्री, सूचना प्रविधि, ल्याब तथा पुस्तकालयलगायतका शीर्षकमा बजेट विनियोजन गरिएको प्रधानमन्त्री ओलीले बताए ।

    आगामी वर्षहरुमा पनि विद्यालयहरुमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । ‘यो नयाँ अभ्यास गरिएको छ । यस अभ्यासलाई हामी जारी राख्छौँ । यो हाम्रो नियमित वार्षिक नीति, कार्यक्रम र बजेटभित्रको कुरा हो र यसलाई यसै ढङ्गले कार्यान्वयन गर्दै लगिनेछ’ उनले भने । प्रधानमन्त्री ओलीले स्वास्थ्यसम्बन्धी प्रवन्धसहितको विद्यालय हुनुपर्ने बताए ।

    प्रकाशित मिति :चैत्र १९ २०७७ बिहिवार - १६:३८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij