२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक समापनको पूर्वसन्ध्यामा हिन्दुराज्यको मुद्दाले प्रवेश पाएको छ । कांग्रेसकै सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले उक्त मुद्दा पार्टीमा प्रवेश गराएको हो ।
पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै जारी केन्द्रीय बैठकमा महाअभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वको टोलीले हिन्दुराज्य कायम गर्न माग गरेको छ ।
ज्ञापनपत्रमार्फत संविधान सभाबाट संविधान घोषणा गर्दा धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरी धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन राष्ट्र (हिन्दु) घोषणा गर्न माग गरेको हो ।
यसका साथै ज्ञापनपत्रमा वैदिक सनातन हिन्दुराष्ट स्थापनाको एजेण्डालाई संविधान संशोधनको एजेण्डा बनाउन माग गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij