२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सानेपा ललितपुरमा जारी छ । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको ‘एक्जिट पोलिसी’ प्रतिवेदनको आलोचना भएको छ ।
यद्यपि उक्त प्रतिवेदनको युवा नेताहरूले समर्थन गरेका छन् भने वयोवृद्ध नेताहरूले आलोचना र विरोध गरेका छन् । नेता ज्ञानेन्द्रबहादुर कार्कीले महामन्त्री शर्माको ‘एक्जिट पोलिसी’ प्रतिवेदन अपरिपक्व भएको भन्दै आपत्ति जनाएका छन् ।
शर्माको परिमार्जित प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने पद्धति बसाल्नुपर्छ । कांग्रेसले यो पद्धतिको अनुशरण गर्नुपर्छ, संवैधानिक बस्दोबस्तका लागि पनि कांग्रेसले यो प्रस्ताव पारित गर्नुपर्छ ।’
प्रदेशको हकमा पनि मुख्यमन्त्री बढीमा दुई पटक, मन्त्री तीन र प्रदेश सांसद चार पटकभन्दा बढी हुन नपाउने पद्धति अवलम्बन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij