Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

परराष्ट्रमन्त्री भ्रमण ब्रिफिङ

आरजुको ब्रिफिङ : वालो गठबन्धन सरकारप्रति भारत सकारात्मक, मोदीको भ्रमण अनिश्चित 

आरजुको ब्रिफिङ : वालो गठबन्धन सरकारप्रति भारत सकारात्मक, मोदीको भ्रमण अनिश्चित 


  • 3.2K
    Shares

    आरजुको ब्रिफिङ : वालो गठबन्धन सरकारप्रति भारत सकारात्मक, मोदीको भ्रमण अनिश्चित 
    images

    काठमाडौं । पाँच दिने छिमेकी मुलुक भारत भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा.आरजु राणाले कांग्रेस केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गरेकी छन् । 

    भ्रमणका क्रममा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेकी थिइन् । सोही क्रममा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निम्तापत्र हस्तान्तरण गरेको जानकारी दिइन् । 

    उक्त पत्रको जवाफमा मोदीले नेपाल आउने वचन दिएको थिए । मोदीले नेपाल आउने बताए पनि कहिले आउने भन्नेबारे जानकारी नदिएको राणाले बताइन् । 

    उनले भनिन्, ‘दुईवटा ठूला पार्टी कांग्रेस–एमाले मिलेर बनेको सरकारप्रति भारतीय पक्षको सकारात्मक भएको प्रक्रिया पाएँ ।  दुई ठूला पार्टी मिलेर बनेको सरकारप्रति भारत निकै सकारात्मक छ । वाम–लोकतान्त्रिक (वालो) सत्ता गठबन्धनबारे भारत खुसी छ ।’ 

    प्रकाशित मिति :भाद्र ७ २०८१ शुक्रवार - १३:२१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij