Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राजनीति

सामाजिक सञ्जालमा पार्टीप्रति असन्तुष्टि पोख्न नपाइने

सामाजिक सञ्जालमा पार्टीप्रति असन्तुष्टि पोख्न नपाइने


  • 2.1K
    Shares

    सामाजिक सञ्जालमा पार्टीप्रति असन्तुष्टि पोख्न नपाइने
    images

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्जालमा व्यक्त नगर्न निर्देशन दिएको छ ।

    पार्टीका महासचिव घनश्याम भुसालले आज एक विज्ञप्ति जारी गर्दै पार्टीसम्बद्ध कुनै पनि नेताले अबदेखि सामाजिक सञ्जालमा पार्टी, कमिटी र अरु नेताहरूका बारेमा कुनै पनि नकारात्मक कुरा नलेख्न, शेयर नगर्न  निर्देशन दिएका हुन् । 

    पछिल्लो समय पार्टीका जिम्मेवार नेताबाट सामाजिक सञ्जालमा आएका अभिव्यक्तिले पार्टी संगठन सुदृढीकरणमा समस्या आउने विज्ञप्तिमा भनिएको छ ।

    ‘राजनीतिक व्यक्ति आफूप्रति मात्रै उत्तरदायी भएर पुग्दैन, हामीसँग समाजले, पार्टीले, कमिटीले र अरु नेताहरूले पनि उत्तरदायित्वको बोध गर्नुपर्छ,’ भुसालले विज्ञप्तिमार्फत भनेका छन् ।

    महासचिव भुसालले १०औँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्य चयनका क्रममा देखिएको असन्तुष्टिले पार्टीका नेताहरूको मर्यादासमेत नराख्नेगरी सामाजिक सञ्जालमा टिप्पणी भएकामा आपत्ति प्रकट गरेका छन् ।

    पार्टी पद्धतिअनुसार नेताले आफूलाई लागेका सबै कुरा बैठकमा उठाउन उनको आग्रह छ ।

    प्रकाशित मिति :भाद्र ७ २०८१ शुक्रवार - ११:२५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij