२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का सभापति रवि लामिछानेलाई तत्कालीन महामन्त्री मुकुल ढकालले अपराधी–ठग भएको र आफूले प्रमाणित गर्नसक्ने जवाफ फर्काएका छन् ।
अस्ति (बुधबार) बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । दोस्रोपटक स्पष्टीकरणका लागि पठाइएको पत्रको जवाफमा ढकालले सभापति लामिछाने माथि प्रतिप्रश्न गरेका हुन् ।
उनले स्पष्टीकरण पत्रमा लेखेका छन्, ‘तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्टाचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु ।’

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij