२०८२ कार्तिक २० गते बिहिवार
काठमाठौं । प्रधानमन्त्री कपी शर्मा ओलीले व्यवसायीहरू सपिङमलमा सरेपछि सटरहरू बन्द भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद नारायण शर्माले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।
प्र
प्रधानमन्त्रीले भने, ‘अहिले मल खुलेपछि पसलपसलमा गएर किन्ने परिपाटी कम भएकाले टु लेट बढी भएको हुन सक्छ । ठाउँ-ठाउँमा सपिङ मलहरू खुलेको र व्यवसायी मलमा सरेकै कारण बन्द गरेको हुनुपर्छ । उहिले बाटाभरि भरिया देखिन्थे, अहिले भरिया देखिएन भनेर अर्थतन्त्र कमजोर भयो भन्न मिलेन । समयको गतिशीलतालाई पनि हेर्नुपर्छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij