२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सरकारले सर्ट भिडिओ प्लेटफर्म टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेको छ ।
आज (बिहीबार) बेलुकी ५ः०० बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट टिकटकमाथि प्रतिबन्ध हटाउने सरकारले तयारी गरेको हो ।
यसअघि प्रचण्ड नेतृत्वको सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भएको सूचना तथा सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याएको भन्दै गत वर्ष कात्तिक २७ को मन्त्रिपरिषद् बैेठकबाट निर्णय गरेर टिकटकमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।
टिकटक प्रतिबन्धन लगाउनु पहिले ओलीले प्रचण्डलाई निरन्तर दबाब दिँदै आएका थिए । उनले प्रचण्डलाई तीनपटक भन्दा बढी समय भेटेरै टिकटक प्रतिबन्ध गर्न आग्रह गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij