२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प खोज्ने पार्टी उपमहासचिव जनार्दन शर्मामाथि अधिकांश नेताहरू खनिएका छन् ।
हिजो (बुधबार) देखि जारी बागमती प्रदेशस्तरिय बैठकमा संलग्न अधिकांश नेताहरूले प्रचण्डको विकल्प अझैँ खोज्ने बेला नआएको भन्दै शर्मामाथि खनिएका हुन् ।
बैठकमा उनीहरूले शर्माको कार्यशैलीले पार्टी फुट उन्मुख र शक्ति केन्द्रले खेल्न सक्ने आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डविरुद्ध लिखित रूपमै फरक मत पेस गरेका शर्माले पार्टी फुटाउन खोजेको अभियोग स्थायी समितिमै लगाइएको थियो ।
प्रदेशस्तरीय बैठकमा प्रचण्ड पक्षीय नेताले शर्मामाथि निर्मम प्रहार गरेर नेतृत्वमाथि प्रश्न गर्दा असहयोग हुने बताएका छन् । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, सिन्धुलीका राजन दाहालले शर्माको चर्को आलोचना गरे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij