Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

सत्ता प्राप्ति संघर्ष

कांग्रेस–एमाले सत्ता समीकरणले चीन अटेसमटेस, राजदूतमार्फत माओवादी नेतासँग बाक्लो भेट

कांग्रेस–एमाले सत्ता समीकरणले चीन अटेसमटेस, राजदूतमार्फत माओवादी नेतासँग बाक्लो भेट


  • 4.0K
    Shares

    कांग्रेस–एमाले सत्ता समीकरणले चीन अटेसमटेस, राजदूतमार्फत माओवादी नेतासँग बाक्लो भेट
    images

    काठमाडौं । गत असार १७ मा एमाले–माओवादी सत्ता समीकरण भत्किएसँगै कांग्रेस–एमाले गठबन्धन बनेको छ । 

    वाम–लोकतान्त्रिक गठबन्धन बनेसँगै छिमेकी मुलुक चीन अटेसमटेस भएको छ । चीनकै सक्रियतामा यसअघि एमाले–माओवादी सत्ता गठबन्धन बनेको चर्चा थियो । 

    त्यसलाई पुष्टि गर्नेगरी यतिबेला चीनले पुनः नेपालका लागि चिनियाँ राजदूत छेन सोङमार्फत माओवादी नेताहरूसँग भेटघाट बाक्लो बनाएको छ भने माओवादी नेताहरू पनि गोप्य रूपमा चीन पुगेको स्रोत बताउँछ ।

    स्रोतका अनुसार चीनमा उनीहरूले नेपालमा वाम गठबन्धन तथा ध्रुवीकरण गरिदिन आग्रह गरेका छन् । त्यसप्रति चीन पनि सकारात्मक भएको छ । उसले त्यसका लागि आन्तरिक गृहकार्य गरिरहेको छ ।

    चीनले राजदूत लगायत अन्य आफ्ना नेतामार्फत एमाले–माओवादीका नेताहरूसँग आन्तरिक रूपमा घनिभूत छलफल चलाएको स्रोत बताउँछ । त्यस्तै आज राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र नेपलका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । दाहाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका भाइ हुन् भने उनी माओवादी पृष्ठभूमिका हुन् । 

    meeting-dahal-1724238566.jpg

    आज (बुधबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको शिष्टाचार भेटवार्तामा उनीहरूबीच द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए । 

    चीनले नेपालको हितका लागि आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गरे । 

     

    प्रकाशित मिति :भाद्र ५ २०८१ बुधवार - १६:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij