Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

रास्वपा किचलो 

मुकुललाई चुकुल लगाउँदै रास्वपा : पहिले पार्टीबाट निष्कासन, अहिले बारबार स्पष्टीकरण 

मुकुललाई चुकुल लगाउँदै रास्वपा : पहिले पार्टीबाट निष्कासन, अहिले बारबार स्पष्टीकरण 


  • 3.2K
    Shares

    मुकुललाई चुकुल लगाउँदै रास्वपा : पहिले पार्टीबाट निष्कासन, अहिले बारबार स्पष्टीकरण 
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।

    बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यता कायम राख्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

    ढकालले भने कानुन अनुसार आफू अहिले पनि पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गर्दै आएका छन् भने निर्वाचन आयोगमा समेत रास्वपाको निर्णय कानुन विपरीत भएको भन्दै निवेदन दिएका छन् । 

    उक्त निवेदन आयोगले अध्ययन गरिरहेको बताएको छ । 

    प्रकाशित मिति :भाद्र ५ २०८१ बुधवार - १३:५५:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij