२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको राजकीय भ्रमणको निम्तो हस्तान्तरण गरेकी छन् ।
हिजो (सोमबार) नयाँदिल्लीस्थित हैदरवाद हाउसमा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई पठाएको नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेकी हुन् ।
भारतका विदेश सचिव विक्रम मिश्रीले गत साउन २७–२८ गतेसम्म नेपालको भ्रमण गर्दा भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो परराष्ट्रमन्त्री राणालाई हस्तान्तरण गरेका थिए । सोही निम्तो पाएपछि परराष्ट्रमन्त्री राणा आइतबार पाँचदिने भारत भ्रमणमा गएकी थिइन् ।
भारतीय विदेश सचिव नेपाल आउँदा भारतीय प्रधानमन्त्री मोदीले भने समकक्षी ओलीलाई भारत भ्रमणको निम्तो पठाएनन् । सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्दा पनि उनले नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएनन् ।
त्यसपछि परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीले पठाएको निमन्त्रणा भारतीय प्रधानमन्त्री मोदीलाई हस्तान्तरण गरेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij