Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

माओवादी निर्णय

माओवादी बैठक भदौ ५ बाट सुरू भई असोज ३ मा सम्पन्न हुने (तालिकासहित)

माओवादी बैठक भदौ ५ बाट सुरू भई असोज ३ मा सम्पन्न हुने (तालिकासहित)


  • 5.4K
    Shares

    माओवादी बैठक भदौ ५ बाट सुरू भई असोज ३ मा सम्पन्न हुने (तालिकासहित)
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) सत्ताबाट बहिर्गमन भएसँगै पार्टी पुनर्निर्माण गर्ने निर्णय गरेको छ । गत साउन २५ देखि ३१ सम्म बसेको माओवादी पदाधिकारी र स्थायी समिति बैठकले उक्त निर्णय गरेको पार्टी महासचिव देव गुरुङले जानकारी दिए । 

    उनका अनुसार माओवादीले आफ्ना वैचारिक, जनवर्गीय एवं पेशागत संघ–संगठनलाई सक्रिय बनाउनु पहिले पार्टीको माथिल्लो तहबाटै निर्णय गर्ने भएको छ । त्यसका लागि माओवादीले पदाधिकारी, स्थायी समिति बैठक सम्पन्न गरिसकेको छ । 

    उप्रान्त उसले केन्द्रीय समिति, प्रदेश र उपत्यका विशेष तथा सम्पर्क समन्वय समितिको बैठक गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न स्थायी समिति बैठकले पाँच बुँदे सर्कुर जारी गर्दै सो निर्णय गरेको हो । बैठकका लागि तालिका नै सार्वजनिक गरेको छ । 

    केन्द्रीय समिति, प्रदेश र उपत्यका विशेष तथा सम्पर्क समन्वय समितिको बैठकमा व्यापक छलफल गरी देशका ७७ वटा जिल्लाका वडा तहरसम्म पुग्ने माओवादीले निर्णय गरेको छ । 

    हेर्नुहोस् परामर्श वैठकको कार्यतालिका :

    १. बागमती प्रदेश केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ५ र ६ गतेसम्म बस्ने ।

    २. उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ७ र ८ गतेसम्म बस्ने ।

    ३. गण्डकी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ९ र १० गतेसम्म बस्ने । 

    ४. सुदुपश्चिम प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १२ र १३ गतेसम्म बस्ने । 

    ५. कर्णाली प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १४ र १५ गतेसम्म बस्ने । 

    ६. लुम्विनी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र १६ र १७ गतेसम्म बस्ने । 

    ७. तीनवटै केन्द्रीय आयोगका सदस्यहरूको बैठक भाद्र १८ र १९ गतेसम्म बस्ने । 

    ८. मधेस प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक भाद्र २२ र २३ गतेसम्म बस्ने ।

    ९. कोशी प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र २४ र २५ गतेसम्म बस्ने । 

    १०. विभिन्न मोर्चामा कार्यरत पार्टी केन्द्रीय सदस्यहरू र केन्द्रीय विभागहरूमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको को बैठक भाद्र २७ र २८ गतेसम्म बस्ने । 

    ११. प्रवाश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरूको बैठक भाद्र ३१ आश्विन १ गतेसम्म बस्ने । 

    १२. जेष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गतेसम्म बस्ने ।

    baithak.JPG

    प्रकाशित मिति :भाद्र ३ २०८१ सोमवार - १७:०२:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij