२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सत्तापलट पश्चात् पार्टी सुदृढीकरण र पुनर्निर्माणका लागि भन्दै विभिन्न चरणमा छलफल जारी राखेको छ ।
उसले गत हप्ता पदाधिकारी र स्थायी समिति बैठक सम्पन्न गरेको छ । देशका ७७ वटै जिल्लाका वडादेखि संघसम्म पार्टीका विभिन्न जनवर्गीय एवं पेशागत संघ–संगठन सुदृढ, पुनर्निर्माण र क्रियाशिल बनाउन गम्भीर छलफल गरेको थियो ।
उक्त छलफलबाट उसले पाँच बुँदे सर्कुलरसमेत जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा काठमाडौंमा बसेको एकहप्ते बैठकले उक्त सर्कुलर जारी गरेको महासचिव देव गुरुङले जानकारी दिए ।
१० वर्षे जनयुद्ध र बृहत् शान्ति सम्झौता पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक–समावेशी लगायतका उपलब्धिहरूलाई उल्ट्याएर मुलुकलाई २०४७ सालतिर फर्काउने कांग्रेस–एमालेको रणनीति ।
उनका अनुसार पार्टी पदाधिकारी र स्थायी समिति बैठकले गरेका निर्णय कार्यान्वयनका लागि मातहतका समितिहरूमा सर्कलर जारी गरिएको छ । सो सर्कुलर पार्टीका सबै समितिले तत्काल कार्यान्वयन गर्नुपर्ने छ ।
सर्कुलरमा देशको पछिल्लो वर्तमान परिस्थिति, वैचारिक–राजनीतिक तथा संंठनात्मक कार्यभार र पार्टी पुनर्निमाण गर्नुपर्ने उल्लेख छ । यसका साथै पार्टीभित्रका समस्या र चुनौतीहरूलाई खुलेर छलफल गर्नसमेत आग्रह गरेका छन् ।
गत असार १७ मा कांग्रेस–एमालेबीच गठबन्धन बनेपछि माओवादी सत्ताबाट बाहिरिएको थियो । भ्रष्टाचारविरुद्धको सुशासनको अभियानलाई अवरुद्ध गर्ने र भ्रष्टहरूलाई बचाउने नियतबस् कांग्रेस–एमाले सत्ता गठबन्धन बनेको सर्कुलरमा उल्लेख छ ।
यसका साथै संविधान संशोधन विषय पेचिलो बनेको बेला १० वर्षे जनयुद्ध र बृहत् शान्ति सम्झौता पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक–समावेशी लगायतका उपलब्धिहरूलाई उल्ट्याएर मुलुकलाई २०४७ सालतिर फर्काउने कांग्रेस–एमालेको रणनीति भएको सर्कुलरमा भनिएको छ ।
यस्तैगरी माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट पारित ‘२१ औँ शताव्दिमा समाजवादको नेपाली बाटो’मा उल्लेखित कार्यदिशा नै अहिलेको सन्दर्भमा सही र वस्तुसम्मत कार्यदिशा रहेको स्थायी समिति बैठकले निष्कर्ष निकालेको सर्कुलरमा उल्लेख छ ।
सर्कुलरमा उल्लेख गरिएअनुसार अध्यक्ष प्रचण्ड माओवादी केन्द्र पुनर्निर्माण भन्दा पनि वाम घटकहरूसँग एकता गर्ने पक्षमा देखिन्छन् । उनी मूलधारको राजनीति र सत्तामा पुगेपछि माओवादी विस्तारै विभाजन र टुटफुटको सिकार बन्दै गएको छ ।
जसका कारण माओवादीले बर्सेनि लिलिपुटको आकार लिँदै गएको छ । मूल नेतृत्व नै सत्ता, शक्ति र सम्पत्तिको लोभमा परेपछि पार्टी विग्रह हुनु स्वभाविक भएको राजनीतिक विश्लेषकहरूको विश्लेषण छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij