Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

भेटवार्ता

भारतीय प्रम मोदी र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता हुँदै, दुई देशबीचको सम्बन्ध र सहकार्यबारे छलफल हुने

भारतीय प्रम मोदी र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता हुँदै, दुई देशबीचको सम्बन्ध र सहकार्यबारे छलफल हुने


  • 2.4K
    Shares

    भारतीय प्रम मोदी र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ता हुँदै, दुई देशबीचको सम्बन्ध र सहकार्यबारे छलफल हुने
    images

    काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीसँग भेटवार्ता गर्दैछन् । राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग साँझ भेटवार्ता गर्ने भएकी हुन् । 

    भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने बताइएको छ ।

    आइतबार नयाँ दिल्ली पुगेकी राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग  श्रीवास्तवले स्वागत गरेका थिए ।

    आजै राणाले भारतीय  विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम रहेको छ । भारतीय विदेश मन्त्री जयशंकरको  निमन्त्रणामा उनी भारत भ्रमणमा  गएकी हुन् ।

    भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्नेछन् । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    आफ्नो पाँच दिने भरत भ्रमण सकेर राणा विहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    प्रकाशित मिति :भाद्र ३ २०८१ सोमवार - १०:१४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij