Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

राष्ट्रिय सभा

टीआरसी विधेयक राष्ट्रिय सभामा पेस

टीआरसी विधेयक राष्ट्रिय सभामा पेस


  • 2.4K
    Shares

    टीआरसी विधेयक राष्ट्रिय सभामा पेस
    images

    राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश भएको छ ।

    आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधेयक पेस गरेका हुन् ।

    मन्त्री चौरसियाले “प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सभामा पेस गरेका हुन् ।

    यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ । विधेयकमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।

    प्रकाशित मिति :भाद्र २ २०८१ आइतवार - १४:४८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij